काठमाडौं।नेकपा एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
मंगलवार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
मंसिर १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यसअघि विधान अधिवेशन असोज ४, ५ र ६ गते हुनेछ । बैठकले सबै नेताहरूलाई २०७५ जेठ २ कै जिम्मेवारीमा क्रियाशील हुन निर्देशन पनि दिएको छ । बैठकमा पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरू समेत सहभागी थिए ।