१२ श्रावण २०८१, शनिबार

कोहलपुरका सरोकारवाला चिन्तित

कोरोना भाईरसको नियन्त्रणमा ठोस कदम चाल्नु पर्ने सरोकारवालाको सुझाव

  • न्युज मानसराेवर

कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा पछिल्लो समय कोरोना भाईरसका संक्रमित संख्यामा वृद्धि भएसँगै कोहलपुरमा कोरोना भाईरसको नियन्त्रणमा ठोस कदम चाल्नु पर्ने सरोकारवाला निकायले सुझाव दिएका छन् ।

कोहलपुरमा आज एक कार्यक्रमका विच भएको छलफलमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको अन्तर संवादमा कोरोना भाईरसको अवस्था न्यूनिकरण का लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताएका हुन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना भाईरसको संक्रमण सामुदाय स्तरमा फैलिएको अवस्थामा पुगेको बताउँदै समयमै सचेत हुनुपर्ने बताएका छन् । साथै उनले स्थानिय तहले कोरोना भाईरसको नियन्त्रणका लागि विशेष नीति लिन आवश्यक रहेको बताए ।

यसै गरी कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर (एल्बी) रावतले कोरोना भाईरसका संक्रमित विरामीहरुको संख्या कोहलपुर नगर भित्र धेरै रहेकाले कोरोना भाईरसको नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्न अपिल गरेका छन ।

मेयर रावतले विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड सबैले पालना गर्न आग्रह गरे । कार्यक्रममा स्थानिय सरकारलाई जनचेतनाका लागि माईकिङ गर्न, मास्क वितरण गर्न, भिडभाडजन्य गतविभि बन्द गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पालना नगरे आवश्कय कारवाही गर्न सरोकारवालाहरुले सुझाव समेत दिएका छन।

कार्यक्रममा उप मेयर सन्जु कुमारी चौधरी वडा अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत नगर स्वास्थ्य कार्यालयका प्रमुख लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech