१२ श्रावण २०८१, शनिबार

हिन्दू धर्ममा अन्तिम संस्कार गरेपछि किन नुहाइन्छ ?
  • न्युज मानसराेवर

एजेन्सी । हरेक धर्ममा आआफ्ना रीतिरिवाज हुन्छन् । जन्मदेखि मृत्युसम्म अनेकौं रीतिरिवाज अनुपालन गरिन्छन् । मृत व्यक्तिको शवयात्रा निकालेर दाहसंस्कार गरेपछि मलामी गएकाहरूले नुहाउँछन् । शताब्दियौंदेखि यो चलन चलिआएको छ । यसको धार्मिक र वैज्ञानिक दुवै कारण छन् जसको चर्चा यहाँ गरिन्छ ।

धार्मिक कारण
हिन्दू धर्मको मान्यता अनुसार श्मशानभूमिमा नकारात्मक ऊर्जाको प्रवाह हुन्छ र कमजोर मनोबल भएको व्यक्ति यसको चपेटामा आउन
सक्छ । त्यसैले महिलालाई अन्तिम संस्कारमा भाग लिन दिइन्न किनकि उनीहरूको मुटु कमजोर र भावुक रहेको मान्यता छ (यो पूर्णसत्य
भने होइन) ।त्यसैले अन्तिम संस्कारमा भाग लिएका मानिसले नुहाएर नकारात्मक ऊर्जाबाट आफूलाई मुक्त गराउँछन् ।

वैज्ञानिक कारण
अन्तिम संस्कारपछि नुहाउनुका वैज्ञानिक कारणको कुरा गर्नुपर्दा व्यक्तिको मृत्युपछि उसको शवमा ब्याक्टेरिया हावी हुन्छन् । यी ब्याक्टेरियाहरू शवको सम्पर्कमा आउने जिउँदा व्यक्तिको शरीरमा पनि फैलिन सक्छन् । संक्रामक रोग पनि यसबाट लाग्न सक्छ त्यसैले अन्तिम संस्कारपछि नुहाउनु जरूरी हुन्छ जसले गर्दा शरीरबाट सबै ब्याक्टेरिया पानीमा बगेर जान्छन् ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech