११ श्रावण २०८१, शुक्रबार

ज्ञानोदयले मनायो ‘१४औं राष्ट्रिय पुस्तकालय दिवश’
  • न्युज मानसराेवर

कोहलपुर। ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विविध कार्यक्रम गरेर राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । १४ औं राष्ट्रिय पुस्तकालयको दिवशको अवसरमा  ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिता एवं सम्मान कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा यस वर्षको स्व. हरी प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मानबाट समाजसेवी तथा शिक्षा प्रेमी भानुभक्त भट्टराई सम्मानित भएका छन् ।

पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेलले आफ्नो बुवाको स्मृतीमा स्थापना गरेको अक्षय कोषबाट समाजसेवी भट्टराईले यस क्षेत्रको शिक्षा र समाजसेवा क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मानित गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी गराएका छन।

पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पुर्याएका पुस्तकालयका निवर्तमान अध्यक्ष लिल बहादुर राना लाई सम्मान गरिएको छ ।   संस्थाद्धारा उत्कृष्ठ पुस्तक दाताका रुपमा समाजसेवी भारती खनाल सम्मानित भएकी छिन् । यस्तै नियमित पाठकको रुपमा तुल्सी प्रसाद उपाध्याय लाई सम्मान गरिएको छ ।  पुस्तकालयले आयोजना गरेको प्राचिन पुस्तक संकलन तथा प्रदर्शनी प्रतियोगिता प्रथम रामचन्द्र पौडेल र द्धितिय बुद्विसागर सापकोटा नगद र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

प्रतियोगितामा प्रथम हुन सफल पुस्तक शिखरनाथ भुषालद्धारा लिखित शिखरनाथ भाष्य र द्धितिय हुन सफल उपदेश चन्द्रकलायाद्धारा लिखित भुनन्दनन्देवदु प्राचिन पुस्तक छनौट भएका थिए । प्रथमले रु. ५ हजार र द्वितियले नगद ३ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका हुन् । सबैभन्दा पुराना मितिमा प्रकाशन भएका ऐतिहासिक पुस्तकहरु सहयोग गर्ने दाताहरुकाबीचमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा  २० फोटो ग्राफरहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्वितिय र तृतीय हुने प्रतियोगिहरुले क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत गरिएको छ ।

पुस्तकालयको अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पुस्तकालयका सहसचिव निर्मल आचार्यलेगरेका थिए ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech