१२ श्रावण २०८१, शनिबार

एमाले अध्यक्ष ओली अस्वस्थ
  • न्युज मानसराेवर

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताएका छन्। नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए।

  • १९ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech