२७ भाद्र २०८१, बिहीबार

२२ वर्षीय युवती बनिन् काँग्रेस वडा सभापति
  • न्युज मानसराेवर

बाँके। नेपाली काँग्रेस वडा अधिवेशनको क्रममा अछामको मङ्गलसेनमा २२ वर्षीया महिला वडा सभापति चयन भएकी छिन् । गोरखापत्र दैनिकका अनुसार मङ्गलसेन नगरपालिका–११, खिमाडाकी २२ वर्षीया जानकी रावल ९भण्डारी० वडा सभापति चयन भएको स्थानीय डबलबहादुर भण्डारीले जानकारी दिए ।

तीन पुरुषसहित जानकीले वडा सभापतिमा दाबी गरेपछि सहमतीबाट नेतृत्व चयन गरिएको बताइएको छ। महिला सभापतिको नेतृत्वको २९ जनाको उक्त वडा कार्यसमिति चयन भएको छ। यस्तै साँफेबगर नगरपालिका–१०, घुगुरकोटका २५ वर्षीय युवक हेमराज खड्का काँग्रेसको वडा सभापति चयन भएका छन् ।

यसअघि दैलेखकी १९ वर्षीय किशोरी स्वतिका महत वडा सभापति चयन भएकी थिइन् ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech