११ श्रावण २०८१, शुक्रबार

राप्ती गाउँपालिका नथप्ने मन्त्रीः चाैधरी
  • न्युज मानसराेवर

बाँके।लुम्बिनी प्रदेशका पर्यटन, ग्रमिण तथा शहरी बिकास मन्त्री दिल्ली बहादुर चौधरीले अब राप्ति गाउँपालिका नथपिने बताएका छन् ।

२०७४ सालमा राजपत्रमा प्रकाशित राप्तीनदीको उत्तर भागलाई राप्ति गाउँपालिका र दक्षिणभागलाई सोनारी गाउँपालिका भनेर टुक्राइएको थियो । तर सरकारले कार्यान्वयन भने गरेको छैन ।

त्यो बिषयले अहिले पनि चर्चा पाइरहेको बेलामा मन्त्रि चौधरीले त्यसलाई इंगित गर्दै राप्ति गाउँपालिका नथपिने बताएका हुन् ।

शनिवार बाँके जिल्लाको अनुगमनका क्रममा आएका मन्त्रि चौधरीलाई नेपाली काँग्रेस राप्तिसोनारी बाँकेले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले राप्ति गाउँपालिका नथपिने बताएका हुन् ।

मन्त्रि चौधरीलाई राप्तिसोनारीमा भव्य स्वागत समेत गरिएको छ।राप्तिसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी चौधरीलगायत्का नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

दाङ्गबाट बाँके आएका मन्त्रि चौधरीलाई कुसुमबाट नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले भव्य स्वागत गर्दै नारा र र्यालीसहित स्कर्टिङ्ग गरेर अगैया पुर्याएका थिए ।

स्वागत कार्यक्रममा बोल्दै मन्त्रि चौधरीले राप्ती नदीको कुसुमदेखि अगैया सम्म ¥याफ्टिङ्ग संञ्चालन गर्ने बताएका छन् ।

जसबाट कमसेकम दुई तिन सय जनाले रोजगारी पाउने मन्त्रि चौधरीको भनाई थियो ।

मन्त्रि चौधरीले राप्तिसोनारीको भुवारभवानी मन्दिरको दर्शनसमेत गरे ।

छोटो समय बोलेका मन्त्रि चौधरीले भने, हामी पानी जहाजको सपना देखाउँदैनौं, जनताको खेतखेतमा पानी पुर्याउनका लागि प्रयात्न गर्ने छौ ।

अब राप्तिको कटान होइन राप्तिको पानी उपयो गर्ने योजनाका साथ काम गर्ने छौ उनले भने ।

अब रेल होइन, राप्तिसोनारी जस्तो बिकट ठाउँको सबै रोड बनाउन हामी प्रयात्न गर्ने छौं मन्त्रि चौधरीले भने ।

१६ महिने छोटो समयमै आप्mनो सरकारले बिकासको कामको शुरुवात् गरेर अगाडी बढ्ने मन्त्रि चौधरीले जनातालाई अश्वासन समेत दिए ।

बिकास योजनामा मन्त्रलाय र प्रदेश सरकारले भ्याउने सम्मको बजेट बिनियोजन गरेर तपाईहरुको बिकासको सहयात्री बन्ने आश्वासन समेत मन्त्रि चौधरीले दिए ।

राप्तिसोनारीमा बाटो, पर्यटन, सिचाई र तत्बन्धनको समस्या भएकाले ती योजनामा बजेट कमी हुन नदिने प्रतिबद्धता समेत जनाए ।

नम्र शैलीबाट प्रस्तुत भएका मन्त्रि चौधरीले थारु संस्कार र सस्कृतिलाई इंगित गर्दै भने, पहिला पहिला राजारजौटालाई नाच देखाउने चलन थियो ।

अब हाम्रो संस्कार र संस्कृतिलाई बचाउ र बेचभन्ने जोबान आइसकेको बताए । अब हामी कोरियाको छ्याङ होइन थारु र मगरको रक्सिलाई व्यपारिकरण गर्न सक्नु पर्ने बताए ।

यस्तै शनिवारै मन्त्रि चौधरीले बैजानाथ ७ को बैजानाथ मार्गमा पर्ने पेडारी बुढी नालामा भत्किएको पुलको अनुगमन समेत गरेका छन् ।

कोहलपुरका उपमेयर सन्जु कुमारी चौधरी र नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुको अगुवाईमा गरेको पेडारी बुढी नालाको आनुगमनमा दशै पछाडि उक्त नालाको पुलको शिलान्यास गर्ने मन्त्रि चौधरीले बताएका छन् ।

कोहलपुर रबैजानाथको सिमानाको पर्ने बैजानाथ मार्गमा उक्त पुल २० बर्ष देखि जिर्न थियो । नालामा आएको बाढीले एक दशक अगाडी पुल बगाएको थियो ।

पुल बगाउँदा बैजानाथ ७ पेडारीका नागरिकलाई गाउँपालिकामा सेवा लिन जाँदा सस्ति भोग्नु परेको छ, भने कोहलपुर १५ चन्नहवाका नागरिकलाई खेतीकिसानीका लागि आवातजावत गर्न निकै सास्ति भोग्नु परेको स्थानीयले बताएका छन् ।

उक्त क्षेत्रको सबै भन्दा पुरानो बाटोको रुपमा रहेको बैजानाथ मार्गको पुल निर्माणमा एक दशकसम्म कुनै पनि सरकारको आँख लाग्न सकेको फुलको शिलन्यास गर्ने मन्त्रि चौधरीले बताएका छन ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech