बाँके बैजनाथ। बैजनाथ गाउँपालिकासंगको समन्वयमा महिला कानून र बिकाश मञ्चले गाउँपालिकामा द्धन्द्ध पीडितका सवालमा स्थानिय सरकारको भुमिका बिषयक जिल्ला स्तरिय सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।
सम्बाद कार्यक्रममा पालिकाका पदाधिकारी, राजनैतिक दलका नेता, द्धन्द्ध पीडित,नागरिक समाज, पत्रकार, १५ हप्ते सामाजिक तथा लैगिक सशक्तिकरण तालिमका सहभागी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले द्धन्द्ध पीडितको माग सम्बोधन गर्दै यस पटकको गाउँसभाबाट द्धन्द्ध पीडितका लागी बजेट बिनियोजन गरिएको जानकारी गराए ।
रूचालले द्धन्द्ध पीडितसंगको परामर्श र आवश्यकताका आधारमा कुन कार्यक्रम गर्दा उपयुक्त हुन्छ त्यहि शिर्षकमा बजेट खर्च गरिने भएकाले ठोस कार्यक्रम ल्याउन द्धन्द्ध पीडितलाई आग्रह समेत गरेका थियो ।
द्धन्द्ध पीडितका बालबच्चालाई १२ कक्षासम्म निशुल्क अध्ययनको लागी पालिकाले पहल गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष ठकुरीले के कुन बिद्यालयमा के कतिको सख्यामा द्धन्द्ध पीडितका बालबच्चा पढ्छन् त्यसको तथ्याङ्क द्धन्द्ध पीडितबाट आए पालिकाले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।
परियोजना अन्तरगत भएका कार्यक्रमबाट द्धन्द्ध पीडितलाई हेर्ने नकारात्मक टृष्टिकोण परिवर्तन भएको, स्थानिय सरकारसंग सम्बन्ध बिस्तार भएको जनाउदै अध्यक्ष ठकुरीले द्धन्द्ध पीडितका सवाल कसरी सम्बोधन गर्ने भनेर लागी परेको बताए ।
स्थानिय सरकारले द्धन्द्ध पीडितको योगदान सम्झने बताउदै द्धन्द्ध पीडितको अभिभावकत्व ग्रहण गर्न आफुहरु तयार रहेको उनले भने ।
रुचालले सामाजिक तथा लैंगिक सशक्तिकरण सम्बन्धी १५ हप्ते तालिमका सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै आफुले सिकेका कुरा ब्यवहारमा उतार्न आग्रह समेत अध्यक्ष रूचालले गरे ।
तालिमका सहभागी पार्वती बुढा चन्द्रकला अधिकारी, कमला बिक लगायतले कार्यक्रमबाट धेरै कुरा सिकेको, पारिवारिक सम्बध बिस्तार गर्ने, ब्यवशाय संचालन गर्ने कुरा निकै राम्रो लागेका बताएका थिए ।
कार्यक्रमका सहभागीहरुले द्धन्द्ध पीडितका सवाल सम्बोधनमा स्थानिय सरकार गंभिर बन्नु पर्नेमा जोड दिएका छन् । आर्थिक उपार्जन, औषधोउपचार, बालबच्चाको पढनपाठन र पीडित लक्षित आयमुलक शिपका कार्यक्रम ल्याउनु पर्ने सहभागीले भनाई राखेका थिए ।
कार्यक्रममा पार्वती बुढा, चन्द्रकला अधिकारी, शालिकराम अधिकारी, कौशिला बिष्टले तालिमबाट धेरै कुरा सिक्न पाएको भन्दै स्थानिय सरकारले आफु भन्दा कमजोर र पछाडी परेका द्धन्द्ध पीडित लक्षित कार्यक्रम ल्याउन माग गरेका थिए ।
कार्यक्रममा यातना पीडित महिला नेतृ मिरा कार्कीले पीडित लक्षित परियोजना संचालन गरेकोमा आयोजक सस्थालाई धन्यवाद ज्ञापन गदै पीडितहरु पनि न्याय र अधिकारका लागी एकजुट भई लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
महिला कानून र बिकाश मञ्चका बाँके जिल्ला संयोजक अधिवक्ता वसन्त गौतमले स्थानिय सरकार द्धन्द्ध पीडितको अभिभावक भएकाले उनीहरुको आवश्यकता र चाहाना अनुसारका कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
यसै गरि इन्टरनेशनल एलर्डका शोभा चौधरीले परियोजना अन्तरगत भएका कार्य र भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम पश्चात महिला कानून र बिकाश मञ्चको संयोजनमा निर्माण भएको बैजनाथ पालिका स्तरिय द्धन्द्ध पीतितहरुको समितिको बैठक बसी द्धन्द्ध पीडितका सवाल सम्बोधनका लागी एकजुट भई लाग्नु पर्नेमा जोड दिएका थिए ।
पालिकाले छुट्याएको बजेटमा द्धन्द्ध पीडितको पहुँच पुराउन पीडितहरुको आवश्यक र चाहाना पहिचान गरि आयमुलक कार्यक्रम माग गर्न आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।