२७ भाद्र २०८१, बिहीबार

नरैनापुर बैठकको सन्देश के थियो ?
  • सुर्य ढकाल

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रचण्डको मतिमा लागेर माधव नेपाल सहितको टोलीले बहुमतको नाममा सडक बाट अध्यक्ष,केन्द्रिय सदस्य,संसदिय दलको नेता र संगठित सदस्य बाट हटायौं भनेर हउवा पिटाइएको बेला नेकपा एमालेका नेता कार्यक्रता र जनता आई लव यु केपी ओली भनि स्वस्र्फूत ढंगले सडकमा उत्रिएका थिए ।

लेखक  नेकपा एमाले बांकेका नेता तथा पुर्व जिल्ला अध्यक्ष

राष्ट्रिय भेला बाट सात प्रदेश ,७७ जिल्ला कमिटी र २१ वटा जनवर्गिय संगठन,७५३ वटा स्थानिय तह र६६८५ वडाहरु पुनरगनठन गर्ने अभियान अतरगत सातौ जिल्ला अधिवेशन बाट निर्वाचित अध्यक्ष,उपाध्क्षय,सचिव, एकता पछि मनोनिति भएका अध्यक्ष आपि खरेल फुट प्रस्त गतिविधिमा लागेपछि मेरो नेतृत्वमा बांके जिल्ला कमिटी पुनरगठन भएको थियो ।

मिति २०७७ फाल्गुन ९मा जिल्लाकै दुर्गम मानिने नरैनापुर गाउँपालिकामा पार्टीका इन्चार्ज,स्वर्गिय दिनेशचन्द्र यादवको जन्मभुमि नरैनापुर गाउँपालिका वडा नं २ लक्ष्मणपुरमा पार्टीका प्रदेश अध्यक्ष लिला गिरी र सगठन विभागका प्रमुख भुमेश्वर ढकालको आथित्यमा बैठक सम्पन भएको थियो ।बैठकको मुल लक्ष्य यो बैठक पछि पार्टी गतिशिल भएर अघि बढछ र नेकपा एमालेको प्रभावलाई आम बाँके बासीमा बढाउँछ भन्ने कुरा पहिला पार्टी पंक्तिलाई आशावादी बनाउनु थियो ।

कठिन कामको सूरुवात कठिन ठाँउ बाट गर्ने उदघोष गरेका थियौं । बैठक इन्द्रधनुष जस्तै थियो २५ वर्ष लगातार जिल्ला कमिटीमा बसेका अग्रजसाथीहरु र नेकपा एमालेलाई नयाँं ढगले नयांँ प्रश्नको नयांँ उत्तर दिने गरि अगाडि बढाउनु पर्छ भन्ने नविन सोच दृष्किोण भएका नव युवाहरुको बाक्लो उपस्थिति बैठकमा थियो ।  सबै सदस्यहरुलाई प्रमुख अथितिले सपथ खुवाउनु भएको थियो ।

नेकपा एमाले भित्र समस्या वा चुनौति मात्रै होइन, सम्भावनाको विशाल क्षितिज पनि फैलिएको छ । त्योे लक्ष्यलाई प्राप्त गर्ने नेतृत्व र कार्यकर्ता पंक्ति एकताबद्ध बनाउने, संगठन छरितो,सुदृढ र संगठित गर्ने जिम्ेमवारी त्यो कमिटीका पदाधिकारी र सदस्यहरुको काधमा थियो ।नेकपा एमाले हुरी आउँदा कुनै रुखको टोडकामा अथवा घरका छाना वा भित्ताका प्वालहरुमा लुक्ने भगेरा हैन । यो त माथि गगनमा कावा खाने,उचाई बाट धर्तिलाई हेर्ने र हावा हुरीको सामना गर्दे उडिरहने हुरीचरा हो,बाज हो ।

आँधी हुरीको सामना गर्देै अडिरहने सतिसाल हो ।नेकपा एमाले दुई चार वर्षका लागि उर्लने खहरे होइन,कर्णाली, कोशी गण्डकी र महाकाली जस्तै प्रवाहवान भएर बगिरहने नदि हो । एक दिन एक कार्यक्रमको गतिमा संगठनलाई राजनीतिक वैचारिक र संगठनात्मक रुपमा लैजाने अठोट गरेको थियो ।

नेकपा एमाले माथि गरिएका हमला भ्रमहरुलाई राजनीतिक वैचारिक,संगठानिक र रचनात्मक रुपमा प्रहासको निशासन बनाउने राष्ट्रिय नेतृत्व माथी गरिएका हमलाहरुलाई निस्तेज पार्ने र सबै कार्यक्रहरुका व्यानरमा पार्टी अध्यक्षको तस्बिर राख्ने जिल्ला नेतृत्व आम कार्यक्रताको घर दैलोमा पुग्ने । सबैको प्रिय बन्ने र सबैको स्वीकार्य बन्ने नाममा आफनो एजेण्डा र विचार पनि बोल्न नसक्ने र गलत विचारको पनि प्रतिवाद गर्न नसक्ने निरीह व्यक्ति बन्न बाट कार्यकर्तालाई बचाउन वैचारिक कामलाई प्रथामिकताका साथ संचालन गर्ने ।

माधव नेपाल संग लागेर रुमालिएका साथीहरुलाई मुलधारमा र्फकाउन विशेष पहल गर्ने, स्वर्गिय दिनेश चन्द्र यादवको स्वर्गवास पछि नरैनापुरको एमालेको नेता कमरेड विक्रम यादव हो ।

बैठकले स्वर्गिय यादवका अधुरा सपनाहरु सुईया बगौडा कृषि राजमार्ग,निर्माण,सुईया बगौडा विधुतिकरण विस्तार,सुइइा बगौडा शुद्धखाने पानी योजना,सिक्टा सिचाई आयोजननको पुर्वनहर निर्माणको लागि पहल गर्ने,खरका छाना हटाई टिनका छाना राख्ने,शिक्षा र स्वाथ्यमा सुधार ल्याउन पहल गर्ने, सुकुम्वासी र भुमिहिनहरुलाई जग्गा धनी लालपुर्जा वितरण गर्ने, नरैनापुरका जनतालाई नेकपा एमालेको मुलधारमा सहमाहित गर्ने  ।

कोरोना नियन्त्रण पछि १५ दिने अभियान संचालन गर्ने, पार्टी कमिटिले निर्णय गरेका कुनै पनि कार्यक्रम बिनाकारण स्थगित नगर्ने, नव युवाहरुलाई जिम्मेवारी दिदै जाने,व्यक्ति एक परिचय अनेक पुस्तक प्रकाशन गर्ने ,समावेशि सिद्धान्तका आधारमा पार्टीको विधानको अक्षरस लागु गर्दे जाने,पार्टी भित्र देखा पर्ने गुट बन्दीलाई सामुहिक रुपमा परास्त गर्दै जाने,८१ वडा,८ पालिका ३ क्षेत्र ६ प्रदेश १९ जनवर्गिय संगठनहरु चलायमान गर्ने,अयोग्य संग होइन योग्य संग प्रतिस्प्रदा गर्ने, सँस्कृतिको विकास गर्ने ,एक हप्ता एक केन्द्रिय नेता जिल्लाका कार्यक्रमा बोलाउने, पार्टीले आयोजना गरेका सबै कार्यक्रमको हिसाव पारर्दशी रुपमा राख्ने,यस बिचमा पार्टी पंक्ति भन्दा बाहिर आर्थिक संकलन नगर्ने र प्रत्यक मिटिङ्गमा संगठनको आय तथा व्याय छलफल गर्ने निर्णय सहित बैठक सम्पन भएको थियो । क्रमस 

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech