३ आश्विन २०८१, बिहीबार

एमालेले निष्कासन गरेका १४ सांसदको वैधानिकताको सुनुवाइ आज
  • न्युज मानसराेवर

काठमाडौँ। नेकपा एमालेले निष्कासन गरेका १४ संघीय सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै दायर रिटको सुनुवाइ आज हुँदैछ ।

न्यायाधीशद्वय दीपकुमार कार्की र मीरा खड्काको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनीका सभामुखविरुद्ध रिट दर्ता गरेका हुन् ।

आज सो मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने सुनुवाइ हुँदैछ ।

एमालेले माधव नेपालसहित १४ संघीय सांसदलाई निष्कासन गरेको भन्दै संसद सचिवालय र निर्वाचन आयोगमा भदौ १ गते पत्र पठाएको थियो । तर, संसद सचिवालयले सूचना टाँस नगरेपछि माधव नेपाल पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको थियो । निर्वाचन आयोगले पनि सो दललाई मान्यता दिइसकेको छ ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech