१२ श्रावण २०८१, शनिबार

खाट विधि बाट न्याय संवाद
  • रवि राेकाया

बैजनाथ । ११ः३०काे समय मेरा लागि नयाँ दृश्य । खाट विधि मार्फत सराेकारवाला विच अन्तर संवाद चलिरहेकाे छ ।

बैजनाथ गाउँपालिका वडा न ६ स्थित न्यू हरियाली वन लालपुर मा खाट विधि बाट साझा सवाल संवाद बाट न्याय का लागि पहल भईरहेकाे छ । बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विककाे  कार्यक्रममा   सहभागिता  भयाे ।

लाै हतार छ ।’अर्को कार्यक्रममा पनि सहभागी जनाउनु  छ।’ आयाेजक लाै ,लाै ब्यानर वाचन गरि उत्घाटन गराैँ। उत्घाटन भयाे उपाध्यक्ष अर्को कार्यक्रममा लागिन।

वडा न६निवासी  नर बहादुर भण्डारी का नाममा लालपुर्जा  रहेकाे जग्गा  साविक नेपालगन्ज वन विकास परियाेजनाले   २०४८/४९ सालमा बृक्षाराेपण गरिदियाे ।

सरकारले तत्कालीन समयमा नक्सा  सिलबन्दि गरिदियाे ।बिवाद सृजना हाेला भनेर  समाजसेवी तथा वन महासंघ का केन्द्रीय सदस्य नन्द विश्वकर्माले  भने ।  डिभिजन वन कार्यालय मार्फत रूख हटाउन सबै स्थानीय  सराेकारवालाहरूकाे पहल आवश्यक हुनु पर्ने विस्वकर्माले बताए ।

भण्डारी परिवार  २०२८सालमा सल्यान बाट बसाई सराइ गरिसाविक बनकट्टवा गाविस वडा ९ हाल  बाँके बैजनाथ गाउपालिका वडा न ६ मा बसाेकास गरेका थिए । बसाेबास गर्दै जाँदा सरकारले २०३८ सालमा नापी गर्दै भन्डारी र बुढाथोकी  परिवार लाई लालपुर्जा वितरण गरेकाे थियाे ।

२०५८ सालमा सरकारले  आफ्नो जमिन हाल गाैथली सामुदायिक वनमा परेकाे गाेविन्द बहादुर बुढाथोकी ,दिल बुढाथोकी ,महावीर बुढाथोकी ,देउसरी बुढाथाेकी का नाममा रहेकाे  जग्गा वनले अतिक्रमण गरि बृक्षाराेपण गरेकाे थाह पाए ।

जमिनकाे कर तिर्दै आएपनि जमिन उपभोग गर्न नपाए पछि २०७०/९\१८ गते भण्डारी परिवार र कुढाथाेकी परिवारले  नकुल खड्का लाई वारेस नामा मार्फत  जिल्ला अदालत मा मुद्दा हाल्यो ।

जिल्ला अदालत हुदै उच्च अदालतले  २०७१साल /१/२८ गते  बाँके जिल्ला वन डिभिजन कार्यालय लाई दाेषि ठहर गर्दै जग्गाकाे स्वामित्व भण्डारी  परिवार र बुढाथोकी परिवारलाई भाेगचलन गर्न दिन आदेश गरेकाे थियाे ।

साथै रूख उठाउने आदेश भने दिएन । भण्डारी परिवनर र बुढाथोकी परिवारकाे जमिनमा दुई सय २३ वटा  रूख ले भाेगचलन गर्न पाएका छैनन् । अब अदालतले न्याय दिएकाे पनि ८ वर्ष पुगेकाे छ। दुई सय २३ वटा रूख मध्य हाल  ८१ वडा मात्र छन।रूख  चारी भएकाे अनुमान गरिएकाे छ ।

 न्यायकाे खाेजिमा भण्डारी र बुढाथोकीका ५  परिवार

समय गतिशिल छ उमेरले मान्छे लाई मृत्यु राेज्नु पर्छ ।याे प्रकृतिकाे नियम हाे सबैले मान्नुपर्छ । जमिनकाे श्रेता हकवाला नामावली भएका याे संसारमा छैनन। छन त उनका सन्तान  पनि छुट्टाछुट्टै बस्छन । भण्डारी परिवार र बुढाथोकी परिवार । जिवनका दुःख सुःख मा केही क्षण काटेका स्व नर बहादुर भण्डारीकी श्रमति रन्जिता भने छिन ।

उनै रन्जिताले साझा सवाल खाट विधि सयुक्त बैठक मार्फत वन कार्यालयले जमिन उपभाेग गरे बापत जरिवाना दिनु पर्ने  भनिन् । खाट विधिकाे सहजिकरण प्राकृतिक श्राेत द्वन्द्व रूपान्तर केन्द, नेपालका बाँके जिल्ला संयाेजक राेहित चाैधरीले गरेकाे थियाे ।

भने कार्यक्रमकाे आयाेजना माकुरी समूहले गरेकाे थियाे । खाट विधिमा स्थानीय न्यूहरीयाली सामुदायिक वन ,गाैथली सामुदायिक वन लालपुरका लालपुर्जा पक्ष समाजसेवी लगाएकाे सहभागी रहेकाे थियाे ।

साझा सवाल खाट विधि सयुक्त बैठक  मार्फत गाेविन्द बहादुर बुढाथोकी र रन्जिता भन्डारी (नर बहादु भन्डारी) श्रीमती ले वन कार्यालयले जमिन उपभाेग गरे बापत जरिवाना दिनु पर्ने गाेविन्द बहादुर बुढाथोकीले खाट विधिमा भने ।

खाट विधिकाे सहजिकरण प्राकृतिक श्राेत द्वन्द्व रूपान्तर केन्द, नेपालका बाँके जिल्ला संयाेजक राेहित चाैधरीले गरेकाे थियाे ।  भने कार्यक्रमकाे आयाेजना माकुरी समूहले गरेकाे थियाे ।

खाट विधिमा स्थानीय न्यूहरीयाली सामुदायिक वन ,गाैथली सामुदायिक वन लालपुरका लालपुर्जा पक्ष समाजसेवी लगाएकाे सहभागी रहेकाे थियाे ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech