१२ श्रावण २०८१, शनिबार

नेपालगंज उपमहानगरपालिका दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्दै
  • ओबिराज आचार्य

बर्दिया । संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको दिगो विकासका लक्ष्यहरुलाई नेपालगंज उप महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम मार्फत स्थानीयकरणका लागि तयारी थालेको छ । नेपालगंजको दिगो विकासका लक्ष्य प्राप्तीका लागि बर्दियाको ठाकुरद्धारामा असोज १ देखि ३ गते सम्म अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा उप महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, गैर सरकारी संघ संस्थाका प्रतिनिधी, विषयगत सरोकार संघ संस्था, संचारकर्मी तथा विषय विज्ञहरुको सहभागिता रहेको थियो ।

सुसासनका लागि क्षमता विकास कार्यक्रम (CDSG ) को प्राविधिक सहयोग र नेपालगंज उप महानगरपालिका कार्यालयको आयोजनामा भएको कार्यक्रममा नेपालगंज उप महानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, उप प्रमुख उमा थापा मगर, लुम्बीनी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक मोती प्रसाद शर्मा र दिगो विकासका लक्ष्यका बिषय विज्ञ अरुण रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख डा राणाले नेपालगंजले नगरको दिगो विकासका लक्ष्यलाई कार्यान्वयनका लागि लामो समय देखि कार्य गर्दै आएको बताए ।    नगरको नीति नियम निमार्ण तथा वार्षिक वजेटमा समेत दिगो विकासको विषय समावेस गरिएको बताउँदै डा राणाले नगरका सबै गरिवीको रेखामुनी रहेको नगरवासीलाई बिभिन्न आयमुलक कार्यक्रममा समेत सहभागी गराईने जानकारी गराए।

कार्यक्रमको अध्यक्ष समेत रहेकी उप प्रमुख उमा थापा मगरले सन २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्तीका लागि नेपालले बिभिन्न नीति निर्माण गरि कार्यक्रमहरु संचालन गरि रहेको र त्यसका लागि नेपालगंज उपमहानगरपालिका प्रतिवद्ध रहेको उल्लेख गरिन।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech