१२ श्रावण २०८१, शनिबार

जीवन ज्योति स्कुल द्धारा नगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका लाई जीवन ज्योति स्कुलले अक्सिजन उत्दपादन मेसिन सहित स्वास्थ्य सामाग्री  उपलब्ध गराइएको छ ।

एक कार्यक्रमका विच जीवन ज्योति स्कुल परिसरमा कोहलपुर नगरपालिकाले संचालन गरेको आधारभूत अस्पताललाई उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कोहलपुर नगरपालिका मेयर (एल्बी)रावतले दातृय निकाय संगको सहकार्यमा जीवन ज्योति  स्कुलले उपलब्ध गराइएको स्वास्थ्य सामाग्री जीवन उपयोगी हुने बताए ।

स्वास्थ्य सामाग्री अस्टिेलिया जनताको सहयोगमा शुभ अवसर ग्राम नेपाल ले जीवन ज्योति स्कुल मार्फत नेपालका ८ स्वास्थ संस्थाहरुलाई उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अभिभावक स्थानीय समाजसेवि लगाएतको सहभागिता रहेको थियो ।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech