१२ श्रावण २०८१, शनिबार

एमाले स्थायी कमिटी बैठक : ३ वटा दस्तावेज केन्द्रीय कमिटीमा लैजाने निर्णय
  • न्युज मानसराेवर

काठमाडौं।नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको २ दिनको बैठक सोमवार समापन भएको हो ।

स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने ३ वटा दस्तावेजमा छलफल भएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बैठकमा विधान संशोधन, संगठन र राजनीतिक प्रतिवेदनमाथिको प्रस्तावमा लिखित र मौखिक सुझाव आएको र त्यसलाई समेटेर ३ वटै दस्तावेज केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय भएको भट्टराईले बताए ।

एमालेले असोज ८ र ९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

‘स्थायी कमिटीमा आएका सुझाव सहितको दस्तावेज केन्द्रीय कमिटी बैठकमा पेश हुन्छ । त्यहाँबाट पनि आएका सुझावलाई समेटेर ती दस्तावेज विधान महाधिवेशनमा प्रस्तुत हुन्छन्,’ भट्टराईले भने ।

एमालेले नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेकै विधानलाई संघीय संरचनाअनुरूप बनाउने तयारी गरेको छ ।

सबै पदाधिकारी हलबाट प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव छ तर कतिपय पदाधिकारीको संख्या कति हुने भन्ने यकिन भइसकेको छैन । प्रशस्त प्रस्तावहरू आएका छन्,’ भट्टराईले भने ।

‘बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा ५ वर्षको पार्टीको समीक्षा, आगामी कार्यदिशा, राजनीतिक क्रान्तिको उपलब्धिलाई रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउँदै समाजवादको दिशामा उन्मुख हुुनुपर्छ भन्ने निष्कर्ष छ,’ भट्टराईले भने ।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech