११ श्रावण २०८१, शुक्रबार

समृद्ध नेपालको अभिभारा एमालेले पुरा गर्छःअध्यक्ष ओली
  • न्युज मानसराेवर

बाँके। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली र समृद्ध नेपालको सपना एमालेले मात्र पूरा गर्न सक्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा बुधबार आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा हुन नदिने हरुले जालझेल गरेर सरकारबाट हटाएपनि अर्को निर्वाचनमा बहुमत ल्याएर सपना पूरा गर्ने दाबी गरेका हुन ।

ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जान खोज्दा जालझेल गरेर आफूलाई हटाइएको आरोप लगाए । ओलीले आउने चुनावमा जनादेशबाटै पुनः ठूलो राजनैतिक दलका हैसियतमा जनताले जिताउने विश्वास व्यक्त गरेका छन।

आफ्नो सरकारले विकास निर्माणको कार्य तीब्र गतिमा अगाडि बढाएको बताउँदै अहिलेकोे सरकारले विकासका काम गर्न बजेट छैन भन्दै जनतालाई ढाँटेको आरोप लगाएका छन।

सम्वोधनका क्रममा अध्यक्ष ओलिले पार्टीलाई एक ढिक्का बनाएर लैजान स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् भने अहिलेको सरकारलाई विकास विरोधी मोर्चाको संज्ञा भएको बताए । उनले शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दावी गरेका छन् ।

माधव नेपालप्रति इंगित गर्दै ओलीले एमालेभित्र रहेका केही हरिया सागहरुले पार्टी सक्काउन खोजेको आरोप लगाए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पाखे्रलले आप्mनो नेतृत्वको सरकारले पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको दावि गरेका छन।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech