१२ श्रावण २०८१, शनिबार

हेफरको तिन दिने आधारशिता सम्पन्न
  • न्युज मानसराेवर

बर्दिया । बर्दियाको ठाकुरबाबा वडा न ९ मा  हेफर आधारशिताको तिन दिने तालिम सम्पन्न गरिएको छ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुढृढीकरण परियोजना अन्तर्गत बैजनाथका जनप्रतिनिधिहरुलाई हेफरको तिन दिने आधारशिता तालिम दिइएको थियो ।

आधारशिला तालिमको समापन्न कार्यक्रममा बोल्दै संविधान सभा सदस्य प्रेम गिरीले समाज रुपान्तण गर्नाको लागि समुदाय नै विश्व विद्यालय रहेको बताए । उनले आर्थिक रुपान्तरण र समाजिक पुजीँको निमार्णमा समुदायले मानिसलाई शिक्षा दिने गरेको बताए ।

उनले बैजनाथ गाउँपालिका परिवारलाई धन्यवाद दिने र कार्यक्रमको सफलल्ताको शुभकामना व्यक्त गरे । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले महिलाहरुका अधिकार सुनिश्चित गर्नाका साथै महिला शसक्तिकरण र उत्पादनमा विकेन्द्रिकरण मार्फत बजारीकरण गर्ने उदेश्यले बैजनाथ गाउँपालिकाको परिकल्ना अनुसार हेफर मोडेलको कार्यक्रम संचालन गरिएको दावि गरे ।

उपहारको स्वरुप शिक्षा र जीवन उपयोगी बस्तु रैछ ‘आज ज्ञान  लिएको छ । यो बैजनाथको समग्रताको विकासको एउटा विधि स्थापित भएको छ अध्यक्ष रुचालले भने । यसै गरी हेफर प्रोजेक्ट नेपाल लुम्बिनी प्रदेश प्रमुख प्रेम साम्वोयूले बैजनाथ गाउँपालिकाको समाज रुपान्तरणको अभियामा सहभात्री हुन पाउँदा हर्षित तुल्याएको बताए ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियार लगाएतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १ देखी ८ वडा का अध्यक्ष बैजनाथ कृषि ,पुशु शाखका प्रमुख कार्यपालिका सदस्य लगाएतको सहभागिता रहेको थियो ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech