१२ श्रावण २०८१, शनिबार

एमालेको १० बुँदे मिलाउन भीम रावल नेतृत्वको कार्यदलमा थपिए शंकर पोखरेल
  • न्युज मानसराेवर

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

१० बुँदे सहमति कार्यान्वयन नभएको भनेर पार्टीमा असन्तुष्टि बढिरहेका बेला बैठकले कार्यदल बनाएको हो ।

एमालेको सबै तहमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाउने निर्णय गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।

भदौ ८ गतेको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए ।

एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयमा विवाद थियो । विवाद हल गर्नको लागि सोमवार स्थायी कमिटी बैठक बोलाइएको थियो ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech