१२ श्रावण २०८१, शनिबार

भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने शाखाका प्रमुख नेपालमा
  • न्युज मानसराेवर

काठमाडौँ — भारतीय विदेश मन्त्रालयको नेपाल र भुटानसहित ‘नर्थन डिभिजन’ हेर्ने जिम्मेवारी पाएका अनुराग श्रीवास्तव तीनदिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका छन् ।

भारतीय दूतावास र नेपाल सरकारका अधिकारीहरुले श्रीवास्तवले भ्रमणका दौरान कार्यवहाक परराष्ट्र सचिव प्रकाश सुवेदी, अर्थसचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई लगायत नेपाल सरकारका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस. जयशंकरबीच जारी संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भेटवार्ता भएको थियो । त्यसलगतै विदेश मन्त्रालयबाट नेपालमा एक कुटनीतिक आएका हुन् । श्रीवास्तवको भ्रमणको बारेमा नखुलाए पनि उनले दुई मुलुकबीच अर्थ, व्यापार र सम्बन्धको बारेमा छलफल गर्ने बताइएको छ ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech