बुटवल — एमालेको विधान महाधिवेशनका कारण लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । प्रदेशको प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलले विधान महाधिवेशनमा सहभागी हुनुपर्ने बताउँदै बैठक रोक्न माग गरेको थियो ।
त्यसका आधारमा बुधबारका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता रमेश गौतमले बताए । अबको बैठक असोज २० गते बुधबार बस्ने सचिवालयले जनाएको छ ।