२९ बैशाख २०८२, सोमबार

भोलिदेखि एमाले विधान महाधिवेशन : बिहानको खाना केन्द्रीय कमिटीले खुवाउने, डेरा प्रदेशले खोज्ने
  • न्युज मानसराेवर

काठमाडौँ।नेकपा एमालेको विधान महाधिवेशन भोलि शुक्रवारदेखि शुरू हुँदैछ ।

नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको महाधिवेशन मूल व्यवस्थापन समितिले बिहीवार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको छ ।

ललितपुरको गोदावरीमा हुने महाधिवेशनमा देशभरबाट आएका ६ हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने संयोजक थापाले जानकारी दिए ।

असोज १५–१७ गतेसम्म चल्ने महाधिवेशन अवधिभर बिहानको खाना केन्द्रीय कमिटीले महाधिवेशन स्थलमै व्यवस्था गरेको छ भने साँझको खाना र आवासको व्यवस्था प्रदेश कमिटीले गर्ने जनाइएको छ । महाधिवेशनका क्रममा दिउँसो खाजाको व्यवस्था समेत गरिएको छ ।

निजी सवारीसाधन नभएका प्रतिनिधिलाई सातदोबाटोमा झण्डासहित बसको व्यवस्था गरिएको समितिले जनाएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech