नेकपा एमालेको इतिहासमा मात्रै होइन कि नेपालको दलिय राजनीतिकै इतिहासमा पहिलो पटक विधान सम्मेलन हुन गईरहेको छ । नबौ राष्ट्रिय महाधिवेशन पछिको आयोजित सबैभन्दा महत्वपुर्ण विधान अधिवेशन हो ।
विगतमा नीति र नेतृत्व एकै पटक छलफल गर्ने हुदा नीतिमा कम छपलफल र नेतृत्वमा बढी छलफल हुने गदर्थो । यस पटक यहि असोज १५ देखी १७ सम्म काठमाडौमा विधान सम्मेलनको आयोजना गरिदै छ । पार्टीको विधान सम्मेलन यस्तो अवस्थामा गर्ने गएका छौ । चारैतर्फ बाट एमालेलाई प्रहारको निशाना बनाएको अवस्था ।
पार्टीमा लामो समय मुल नेतृत्वमा बसेर काम गरेका माधव नेपाल सहितको सानो पङ्गति यस पटको विधान सम्मेलनमा सहभागि हुने छैन । पार्टीको आन्तरीक जिवनमा माधव नेपालको कारण पर्ने प्रभावलाई कम गर्ने र यो विधान सम्मेलन पछि पार्टी गतिशिल भएर अघि बढने र एमालेको प्रभावलाई आम जनतामा बढाउछ भन्ने कुरामा पार्टीपक्ति आशावादी देखिएको छ ।
एमाले मान्छु केपीलाई मान्दीन भन्ने सानो समुह पनि यो विधान सम्मेलन पछि नीति र नेतृत्व दुबैलाई मानेर जाने विश्वास यो विधान सम्मेलनपछि त्यो वातवरण देखापर्ने छ । नेपाल कम्युनिट पार्टी नेपाली श्रमजिवी वर्गको राजनीतिक अगुवा र प्रतिनिधि संस्थाका रुपमा २००६ सालमा स्थापना भएको हो । आज ७२ बर्ष बेथित भएको छ । यसले आफनो ७२बर्षको जिवन धेरै हावा हुरि हुन्डरी खाएको छ ।
एकताका मिठा विभाजनका तिता अनुभवहरु यसले सगालेको छ । आफुलाई सधै एकताको पक्षमा उभाउदै आएको छ । आफनो स्थापना कालदेखि नै नेपाली जनताको वर्गिय र सामाजिक मुक्ति,जनताका सार्वभौमसत्ता,नेपालको सवतन्त्रता, स्वाधिनता एवम औगौलिकअखण्डता र राष्टिय हितको रक्षाका लागि सामान्तवाद साम्रज्यवाद विरोधी सडघर्षका क्रममा विकसित हुदै अहिले यो पार्टी नेपाल कम्युनिष्ट पार्टीको रुपमा स्थापित छ ।
यसको आकृषणलाई रोक्न कहिले केशरजङ्ग राईमाझि,कहिले केशरमणिहरु,कहिले राधाकृष्ण मैनालिहरु,कहिले बामदेव गौतमहरु,कहिले असोक राईहरु र अहिले माधव नेपाललाई प्रयोग गरिरहेका छन ।यिनलाई प्रयोग गरेर एमालेलाईलाई कम्जोर बनाउन खोज्नु सुर्यलाई हत्केलाले छोप्छु भने जस्तै हो । यो पार्टी हजारौ कर्याताहरुको रगत र पसिना बाट बनेको पार्टी हो ।
हिजो पनि कार्यकताले बचाए आज पनि र भोली पनि कार्यकताले यो पार्टीलाई बचाई रहने छन । पार्टीको मार्गदर्शक सिद्धान्त माम्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हो । जनताको कहुदलीय जनवाद नेपालको परिस्थितिमा माक्र्सवा लेनिनवादको सिर्जनात्म प्रयोगका क्रममा विकसित सिद्धान्त हो ।
यस पार्टीको नेतृत्वमा सम्पन्न एतिहासिक जनक्रान्तिबाट सामान्तवाद र सामान्ती राजतन्त्रात्मक व्यवस्थाको अन्तय भई सडघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको हो । यति बेला मुलुक पुजिवादी चरणमा प्रवेश गरेको छ । यो पार्टी जनताको बहुदलीय जनवादको मार्गशनमा पुजीवादी जनवादी क्रान्त्रिका उपलव्धीहरुलाई संस्थागत गर्ने र आर्थिक सामाजिक रुपान्तरण सहितका राष्टिय पुजीको विकास गर्दे सामाजिक न्याय,समानता,समाजवाद र साम्यवाद प्राप्तीको बाटोमा समृद्ध नेपाली सुखि नेपाली अभियान सहित अग्रसर भई रहेको छ ।
यहि लक्ष्यलाई सुत्रकृत गर्ने पहिलो पटक हामीहरु विधान सम्मेलनमा सहभागि हुदैछौ । यो विधान सम्मेलन पार्टी पङ्गतिको लागि मात्र होइन,सिङ्गगो राष्ट्रिय राजनीतिका लागि ऐतिहासिक घटना सबित हुनेछ । विगतमा भएका र हुने अधिवेशनहरुमा नेतृत्वको निर्बाचनमा सबैको ध्यान केन्द्रित हुने नीति,सिद्धान्त र सडगठनका सवालमा कम छलफल हुने भएको हुदा यस पटक नीति,सिद्धान्त र सङ्गगठनका बिषयमा छलफल गर्ने विधान महाधिवेशनको आयोजना गरिएको छ ।एमाले कस्तो र कसको पार्टी बनाउने भन्ने निर्णय छलफलमा देश भरिका ५००० भन्दा बढी सदस्यहरु विधान सम्मेलनमा सहभागि हुने छन । यस बाट के भन्न सकिन्छ भने अब नेकपा एमाले नयां सोच नयां दृष्टिकोणका साथ अगाडि बढने संकेत देखापर्ने छ ।
पार्टी अध्यक्षलाई प्रचण्डको मतिमा लागेर सडक बाट अध्यक्ष केन्द्रिय सदस्य,संसदीय दलको नेता र सगठित सदस्य बाट हटाए भन्ने प्रवृतिका विरोधमा पहिलो पटक सामुहिक रुपमा छलफल गर्ने जिल्लामा खारिएका अथवा डडेलो लाग्दा पलाएका मुनाहरुको जम्घट हुदैछ ।कम्जोर हुदा भाग्ने र बलियो हुदा हामफाल्ने प्रवृतिका विरोधमा यस पटक डटेर छलफल हुने छ ।
एमाले मान्छु केपीलाई मान्दिन भन्ने प्रवृतिका विरोधमा पनि जोडदारले कुरा उठने छ । नीति र नेतृत्वलाई सग सगै लैजान र एमालेमा बसेर एमालेको विरोध गर्ने चिन्तनलाई पनि धरोढगले चिरफार हुनेछ । पार्टी भित्र बसेर समान्ततार गतिविधि गर्ने र गुटबन्दी चलाउनेका विरोधमा सामुहिक प्रतिवाद हुनेछ । एमालेमा बसेर एमालेलाई कमजोर बनाउने प्रवृति तेही बाट राजनीतिक र सगठानिक हिसावले नियन्त्रण गरिने
छ । अप्ठाराका बेलामा कुनै स्वार्थमा नलागेर मात्रै पार्टीका आन्तरिक जिवनलाई प्रभावकारी बनाउन फुटको प्रभावलाई कम्जोर बनाउन सडक बाट नयां उत्साहित भिजन सहितका नयां युवाहरुको पार्टी पंङ्गतिमा प्रवेश गरेको छ ।
नयां पुस्ता नयां एमाले चाहेका छन तो सपना केपी ओलीले मात्र गर्न सक्र्ने विश्वास युवाहरुमा जागेको छ । अब हाम्रो नीति र व्वहारले त्यही पक्तिलाई आकृषित गर्ने गरि योजना बनाउनु पर्दछ । एमालेको भविष्य सकियो भनेर किनारमा वा डिलमा बसेका पुराना नेताहरुलाई उत्साहित गर्ने यो बिचमा पार्टी बलियो बनाउने अभियानमा लागेका हाम्रो पार्टीको विधानमा अब ति नेता कार्यकताहरुले आफनो सुरक्षीत भविष्य देखिने गरि नीति,सिद्धान्त,सडगठनमा र व्यवहारमा नयाँ एमाले देखिने गरि योजना बनाउनु पर्नेछ ।
नेकपा एमाले सग सक्षम,इमानदार र जनताले विश्वास गर्ने कार्यकर्ताको ठुलो पङ्गति एमालेसँग छ। लाखौ पार्टी सदस्य हजारौको सख्याम कार्यकर्ताहरु पङ्गक्ति नेकपा एमालेको सम्पती हो यसैको जगमा एमालेले आफनो भबिष्य खोज्ने नीति विधान सम्मेलनले गर्नेछ ।
पार्टी कार्यकर्तामा बुझाइमा एकरुपकता,निराशालाई आशामा, आक्रोसलाई धैर्यमा, कुण्ठालाई उर्जामा र कुशासनलाई सुशासनमा रुपान्तरण गर्ने र सारमा विधान सम्मेलनको सफलताले सिङ्गगो पार्टीको एकतामा नै समस्त एमालेजन र नेपाल राष्ट्र तथा नेपाली जनताको भबिष्य गांसिएको सन्देश विधान सम्मेलनले दिनेछ ।
ढकाल निर्वतमान बाँके जिल्ला अध्यक्ष हुन।