१२ श्रावण २०८१, शनिबार

खसी उत्पादनको हब राप्तीसोनारी गाउँपालिका
  • न्युज मानसराेवर

बाँके। हेफर ईन्टरनेशनल नेपालको सहयोग तथा भेरी वातावरणीय विशिष्टता समूूह (बी–ग्रुप) बाँकेद्धारा सन्चालित पशु बस्तुको मुल्य श्रृखलामा आधारित साना किसानहरुको संंस्था सबलिकरण परियोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिकामा  सहकारी मार्फत जिउँदो खसी बजारीकरण अभियान सन्चालन गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमार खत्रीले सहकारीमा आबद्ध महिलाहरुको आर्थिक उकास्नको लागि  ५ लाख सहयोग गर्ने प्रतिबद्धता समेत गरिन । खत्री महिलाहरुलाई आर्थिक आयआर्जनमा क्रियाशिल हुन आग्रह समेत  गरिन ।

आउदै गरेका दशै र तिहारलाई मुख्य लक्ष्य बनाई बाँकेका १७ सहकारीले १८३० खसी बिक्री गर्ने लक्ष्य राखेको छ ।

राप्तीसोनारी गाउँपालिकामा  १० सहकारी रहेको छ भने अन्य ७ सहकारी अन्य स्थानीय तहमा  छन।
जिउँदो खसीको खरिद तथा बिक्रि अधिकतम मूल्य प्रति किलो ५४० रुपैया  निर्धारण गरिएको छ ।

 

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech