११ श्रावण २०८१, शुक्रबार

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि रहने, पदाधिकारीको संख्या १५ सदस्यीय
  • न्युज मानसराेवर

नेकपा एमालेले पार्टी पदाधिकारीको संख्या १५ बनाउने भएको छ ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले सो कुरा बताएका हुन् ।

पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा हेरफेर गरी वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप गरिएको छ ।

‘धेरै संख्याको पदाधिकारी बनाउँदा कम्युनिस्ट पार्टी चलाउन सजिलो हुँदैन । पदाधिकारीको संख्या १५ भन्दा माथि लैजानु हुँदैन,’ पौडेलले भने, ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षहरू ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ सहितको केन्द्रीय पदाधिकारीको व्यवस्था गरिने छ ।

पौडेलले पोलिटब्युरोको व्यवस्था उपयुक्त नरहेकाले त्यसलाई निरन्तरता दिनु आवश्यक नभएको बताए ।

बरु स्थायी कमिटीको आकार बढाएर ४५ र केन्द्रीय कमिटी २ सय २५ सदस्यीय बनाइने उनको भनाइ थियो ।

यसअघि पौडेलले पेश गरेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था थिएन ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech