११ श्रावण २०८१, शुक्रबार

देउवा नेतृत्वको मन्त्रीमण्डलमा बाँकेका ‘अथक’
  • न्युज मानसराेवर

बाँके। बाँकेका प्रतिनिधि सभा सदस्य महेश्वरजंग गहतराज ‘अथक’ मन्त्री बन्ने भएका छन् । बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद अथक देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका हुन् ।

बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अथक सहित ४ जना मन्त्रीको नाम टुंग्याएको हो । स्थायी समिति बैठकले अथक सहित देबेन्द्र पौडेल, शशी श्रेष्ठ र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो । अथक, पौडेल र श्रेष्ठले फुल मन्त्रीको जिम्मेवारी पाएका छन भने बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् । मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् ।

पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् । उनीहरूको मन्त्रालय भने टुंगो लागेको छैन ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेका थिए ।

योसँगै माओवादीले अहिलेसम्मकै समावेशी र कामकाजी व्यक्तिहरुलाई मन्त्रीमा चयन गरेको छ । माओवादीले मन्त्री र राज्यमन्त्रीमा छ जना पाएकोमा ठीक पचास प्रतिशत अर्थात आधा महिलालाई पठाएको छ । फम्फा भुसाल, शशी श्रेष्ठ र बोधमाया यादव तीन जनाले देउवा मन्त्रिपरिषद्मा सशक्त महिला उपस्थिति देखाउने छन् ।

सिफारिस गरिएका बाग्लुङका देबेन्द्र पौडेल अहिलेसम्म मन्त्री बनेका थिएनन् । उनलाई पहिलोपटक अवसर दिइएको छ । त्यस्तै जन्मघर रुकुम भइ हाल बाँकेमा स्थापित महेश्वर गहतराज जनयुद्धकालमा बाँके बर्दिया इञ्चार्जलगायत विभिन्न जिम्मेवारी निर्वाह गरीसकेका पश्चिम नेपालका माओवादी खम्बा मानिन्छन । उनले दलित समुदायको समेत प्रतिनिधित्व गर्छन ।

उपत्यकामा स्थापित शशि श्रेष्ठ अहिले संसदीय समिति सभापतिको जिम्मामा रहेकी छन । माओवादीमा उनी महत्वपूर्ण महिला नेताको रुपमा स्थापित छिन । धनुषाकी बोधमाया यादव सहिद रामबृक्ष यादवकी छोरी हुन । मधेशी महिलाको तर्फबाट प्रतिनिधित्व गर्ने बोधमाया सहिद सन्तति हुन । त्यसो त महेश्वराज गहतराज पनि सहिद परिवारकै सदस्य हुन । उनका भाइलगायत धेरै आफन्तहरु जनयुद्धका सहिद भएका थिए ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech