१२ श्रावण २०८१, शनिबार

नेपाली यू-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान
  • न्युज मानसराेवर

काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका खेल्न नेपाली यू-२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ ।  नेपाली टाेली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

छनोटमा नेपाल कठिन समूहमा छ । नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह बीमा छन् ।

त्यसअघि नेपालले अक्टाेबर २२ शुक्रबार इन्डोनेसियाको यु-२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनाेटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

नेपाली टाेलीमा साफ च्याम्पियनसिपकाे उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।

 

  • २ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech