१२ श्रावण २०८१, शनिबार

खेलकुद मन्त्री अथकद्वारा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी खेलाडी टाेली बिदाई
  • न्युज मानसराेवर

काठमाडौँ।आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टोलीलाई युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराज अथकले बिदाई गरेका छन।नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सिहंदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयको सभा हलमामा आयोजित बिदाई कार्यक्रममा खेलकुद मन्त्री अथकले खेलाडी, प्रशिक्षक र टिम म्यानेजर सहितको टोलीलाई सफल यात्रा र जितको शुभकामना दिदै बिदाई गरेका हुन ।

मन्त्री अथकले  विदाइ कार्यक्रममा खेलाडीहरु राष्ट्रको पहिचान हो, गहना हो भन्ने र खेल पश्चात् अर्को व्यवहार गर्ने कार्य भएकोले यसलाई रोक्दै खेलभित्रै खेलाडीको भविष्य सुनिश्चित गर्न लागिपर्ने खेलाडीहरुलाई बाचा समेत गरेका छन ।

  • ५ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech