कोहलपुर : कोहलपुर क्षेत्रको समग्र विकासका लागि लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई ९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाइएको छ । कोहलपुरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल तरुण दल कोहलपुर नगर समितिले बीच उक्त ज्ञापन पत्र बुझाएको हो ।
तरुण दलका नगर सभापति हरी कठायतले मन्त्री हमाललाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बुझाउने क्रममा सभापति कठायतले कोहलपुरको विकासलाई प्राथमिकता दिन आग्रह गरे । सो क्रममा मन्त्री हमालले आफु मन्त्री भएपछि बाँके जिल्लाबासीले धेरै आशा र अपेक्षा गरेको बताए ।
कोहलपुरसहित बाँके जिल्लाको समग्र विकासमा आफुले सक्दो काम गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, कांग्रेस नेता एवम् किसान संघ बाँकेका सभापति भानुभक्त भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरी, अन्य नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।