१२ श्रावण २०८१, शनिबार

बाँकेमा एमालेको पालिकास्तरिय अधिबेशनको तयारी सकियो सर्वसम्मत नेतृत्वको प्रयास
  • न्युज मानसराेवर

बाँके। नेकपा एमालेको भोली हुने पालिका स्तरिय अधिवेशनको तयारी पुरा भएको जनाएको छ । गत ६ गते शनिबार वडा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको एमालेले पालिकास्तरिय अधिवेशन पनि सर्वसम्मत तरिकाले सम्पन्न गर्ने गरि तयारी अघि बढाएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिए ।

८ वटा पालिका रहेको बाँकेमा नेर्तत्वका लागि सबै भन्दा बढी प्रतिश्पर्दी नेपालगञ्ज उपमहानगर र कोहलपुर नगरपालिकामा देखा परेका छन् । प्राप्त स्रोतका अनुसार नेपालगञ्ज उपमहानगरमा ६ जना र कोहलपुरमा ४ जना आकांक्षी देखा परेका हुन ।

एमाले नेपालगञ्ज उपमहानगरका लागि दत्तप्रसाद आचार्य, भास्कर काफ्ले, मोहित शाह, रामु थापा, राजेन्द्र कंडेल, हंश खनाल आकांक्षी देखा परेका छन् । नेपालगञ्जमा यसपटक मतदाता नामावली रहेकालाई मात्र पदाधिकारी र जिम्मेवारी दिने गरी युवा नेताहरुले तयारी अघि बढाएका छन् ।

उनीहरु मध्येका एकजनाले नाम उल्लेख नगर्ने शर्तमा भने–‘माथिका नेताको कृपाले भुगोल कब्जा गर्ने न मताधिकार छ ना जानधिकार छ । त्यसै नेता मान्ने प्रबृत्तिले नेपालगञ्ज नगरमा पार्टीको कमजोर प्रस्तुती रहेकोले त्यसलाई सुधार्दै मतदाता नामावली नेपालगञ्ज मै भएकालाई मात्र पदाधिकारी स्वीकार्ने गरी तयारी अघि बढाएका छौ । उसो त कसै कसैलाई यो नराम्रो लाग्ला तर पार्टीको संगठन निर्माणको प्रकृयालाई बलियो बनाउने बिधि यो नै हो ।’

यसैगरी कोहलपुरमा सबैभन्दा शशक्त रुपमा दोस्रो इनिङ्गका लागि खिलप्रसाद भुसालको दाबी रहेको छ । नमप्रसाद शर्मा, कुलबहादुर भट्टराई र खेमराज शर्माले नेतृत्वका लागि दाबी गरेका छन । कोहलपुरमा बसन्ती अधिकारी पनि नेतृत्वको लागि शशक्त दाबेदार भएको स्रोतले जनाएको छ । यद्यपी उनले आफ्नो दाबेदारी बारे बाहिर चर्चामा ल्याएकी छैनन ।

राप्ती सोनारी गाउपालिकामा मनोज केसी र मदन ओलीको दाबी छ । मदन स्थानीय जनप्रतिनिधि संगै लोकपृय युवा नेता हुन भने मनोज व्यवसायीसंगै हालको आयोजक कमिटीका अध्यक्ष हुन । बैजनाथमा प्रेम सुवेदी र ईन्द्रबहादुर थापा आकांक्षी देखिएका छन ।

खजुरा गाउपालिका यमाबहादुर महतारा र गहेन्द्र धिताल आकांक्षी छन । जानकीमा सुरेश अहिर, बिश्राम बर्मा र खेमप्रकाश विष्ट आकाक्षी देखिएका छन् । डुडुवा र नरैनापुरमा पुरानैलाई निरन्तरता दिने गरी तयारी अघि बढेको जानकारी प्राप्त भएको छ । डुडुवामा शकिल खान र नरैनापुरमा प्रमोद मिश्रा अध्यक्ष रहेका छन् ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech