१२ श्रावण २०८१, शनिबार

आज खड्गवारमा प्रेस चौतारी नेपाल, बाँकेको भेला
  • न्युज मानसराेवर

कोहलपुर\ प्रेस चौतारी नेपाल, बाँकेले आज कोहलपुर नगरपालिका–१३, खड्गवारस्थित होमस्टेमा भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

विजयादशमी, तिहार, छठ, नेपाल सम्बत र मोहर्म पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा भेला गर्न लागेको अध्यक्ष हेमन्त विकले बताए ।

बाँकेको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले खड्गवार क्षेत्रमा भेला राखिएको बताउँदै उनले समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

भेलामा प्रेस चौतारी, एमाले, एमाले निकट विभिन्न भातृ संगठनका नेता लगायतको सहभागिता रहने अध्यक्ष विकले बताए ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech