१२ श्रावण २०८१, शनिबार

बाँकेमा थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम हुँदै
  • न्युज मानसराेवर

बाँके \बाँकेको कोहलपुर मैटहवामा दशैं, दीपावली, छठपर्ब र मोहम्मद डे मिलन कार्यक्रमको आयोजना गरिएको छ । पर्ब मिलन कार्यक्रमसंगै थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

थारु कल्याणकारिणी सभा बाँके र मैटहवा युवा क्लावको आयोजनामा आइतबार र सोमबार दुई दिन सांस्कृतिक कार्यक्रम हुने मैटहवा युवा क्लाबका अध्यक्ष श्याम कुमार थारुले बताए ।

कार्यक्रमका प्रमुख अतिथि राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अब थारु संस्कृति व्यवसायिकरण हुनु पर्ने बताए । लोप हँुदै गइरहेको कुनै पनि समुदायको संस्कृति संरक्षणका लागि आफुले गाउँपालिकाबाट सहयोग गर्दै आएको उनले बताए ।

उनले अन्य पालिकाले पनि पुराना लोप हुनै लागेका संस्कृति संरक्षणका लागि सहयोग गर्नुपर्ने धारण राखे ।

कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले थारु समुदायको लोप हँुदै गएको थारु संस्कृति संरक्षण तथा प्रदर्शन प्रर्बद्घनका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा लोप हँुदै गएको पुराना थारु नाचहरु पनि प्रर्दशन हुने आयोजकले जनाएको छ । कार्यक्रमको पहिलो दिन एक दर्जन थारु कलाकारहरुले आप्mनो प्रस्तुति देखाएका थिए ।

साथै थारु समुदायका स्थानीय नाच पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । सोमवाार पनि बिभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech