१२ श्रावण २०८१, शनिबार

एमाले बाँकेका पालिका कमिटीलाई केन्द्रीय सदस्य हल्वाईको निर्देशन
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले बाँकेद्वारा हालै सम्पन्न पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारीसंग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा बाँके सह–ईन्चार्ज मोहम्मद हारुणले अयोजना गरेको कार्यक्रममा बाँकेका आठैवटा स्थानीय पालिका कमिटीको प्रथम अधिबेशनबाट निर्बाचित अध्यक्षलगायतको पदाधिकारीहरु बिच अन्तरक्रिया र शुभकामना आदान प्रदान गरिएको थियो ।

एमाले बाँकेको कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य हल्वाईले पार्टीलाई नयाँ दिशाबाट अझ मजबुत बनाउदै लैजानको लागि सबै पालिका कमिटीलाई निर्देशन दिए । उनले पार्टीमा गुट उपगुटको अवस्था सृजना गरी कमजोर बनाउने कार्यमा कोही कुनै पनि नलाग्न आग्रह गरे ।

कार्यक्रममा एमाले बाँकेका अगुवा नेताहरुको सहभागिता रहेको थियो ।

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech