१२ श्रावण २०८१, शनिबार

मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट
  • न्युज मानसराेवर

बाँके\ बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा सञ्चालन गरेको मानव बेचविखन विरुद्धको परियोजनाको समिक्षा तथा आगामी योजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा परियोजनाको समिक्षा गर्नुका साथै आगामी दिनको योजना निर्माण गरिएको र सोही अवसरमा मानव बेचविखन विरुद्ध सक्रिय अभियन्ताहरुलाई ट्याब्लेट लगायत समेत वितरण गरिएको बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिका गरि बाँके जिल्लाको चारवटा पालिकामा मानव बेचविखन विरुद्ध सचेतना अभियानमा खटिएका २० जना युवा अभियन्ताहरुलाई मोबाईल ट्याब्लेट, टी शर्ट, क्याप र रिस्ट व्याण्ड वितरण गरिएको उनले बताए ।

सो वितरण कार्य बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्देशक रवि तुलाधर, प्लान नेपाल केन्द्रिय कार्यालयका संयोजक लक्ष्मी पाठक र प्लान नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक सन्तोष पुलामीले गरेका थिए ।

कार्यक्रममा परियोजना अन्तर्गत विगतमा गरिएका कार्यहरुको समिक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कार्यहरुको योजना निर्माण गरिएको मानव बेचविखन विरुद्धको परियोजनाका संयोजक महेश नेपालीले बताए ।

सो अवसरमा प्लान नेपाल केन्द्रिय कार्यालय संयोजक लक्ष्मी पाठक र प्लान नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक सन्तोष पुलामीले सहजीकरण परियोजनाका फिल्ड सुपरवाइजर शंकरसिंह थारुले जानकारी दिए ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech