१२ श्रावण २०८१, शनिबार

खाली पेटमा एक गिलास पानी खानुस्, हुन्छन ५ फाइदा
  • न्युज मानसराेवर

बाँके\ स्वास्थ्यका लागि पानी पिउनु अत्यन्त जरूरी छ । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।

एकाबिहानै एक गिलास पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा १० गिलास पानी पिउनुस् ।

पेट सफा
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।

छाला चम्किलो
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।

मोटोपन घटाउने
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।

भोक बढाउने
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।

रोग हटाउने
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।

 

  • २० कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech