१२ श्रावण २०८१, शनिबार

पूर्व प्रधानमंत्री ओली बाँके आउँदै
  • न्युज मानसराेवर

बाँके \ पूर्व प्रधानमंत्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंसिर १ गते बाँकेमा आउने भएका छन ।

नेकपा एमाले बाँकेको आज बसेको सचिवालय बैठक पछि उक्त जानकारी गराइएको हो ।

सचिवालय बैठकमा  आगामी केन्द्रिय महाअधिबेसन सम्पन्न गराउन जनपरिचालन कमिटि समेत गठन गरेको छ ।

जनपरिचालन  कमिटि निर्वाचन क्षेत्र अनुसार क्षेत्र न ३ को संयोजकमा घननाथ खनाल क्षेत्र न २ बाट संयोजक असोक कर्मचार्य र क्षेत्र न १ बाट संयोजक बलराम भट्टराई लाई जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले आउदो केन्द्रिय  महाधिवेसनमा जिल्लामा बाट सर्व सहमति गराउने निर्णय समेत गरिएको बताइएको छ ।

मंसिर १ गते हुने आम सभालाई सफल बनाउन जिल्लाका सबै कमिटिहरुलाई क्रियाशिलता र परिचालन गरिने जानकारी गराइएको छ ।

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech