१८ बैशाख २०८१, मंगलवार

बैजनाथ ४ पनि बाल विवाह मुक्त वडा घोषणा
  • न्युज मानसराेवर

बाँके । बैजनाथ गाउँपालिका वडा न ४ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले बाल विवाहका असर बारे कार्यक्रममा जानकारी गराईन।

विकले सानै उमेरमा बाल विवाह  गर्नाले आर्थिक सामाजिक रुपमा समेत लजित हुनु पर्ने बताउदै मृत्यु सँग समेत नजिक हुने खतरा बाल बिवाहले गर्ने हुँदा बाल विवाह गर्न नहुने बताईन। उनले स्थानीय सरकारले विद्यालय स्तरमा समेत बाल विवाहअत्यका लागि अन्तर पुस्ता संवाद कार्यक्रमहरु संचालन गरिएको कार्यक्रममा जानकारी गराईन।

कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बाल बिवाह जगन्य अपराधका रुपमा कानूनी दृष्टिले हेरिएको बताए । उनले समग्र पालिका नै अब बाल बिवाह मुक्त घोषणाको लागि आधार तयार भएको बताउदै बाल बिवाह अत्य पालिका बनाउनका निम्ति सहयोग गर्ने संघ संस्था किसोरी क्लब बाल क्लब स्थानीय समाजसेवि राजनितिक दल सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बैजनाथ गाउँपालिका कार्यपालिका सदस्य वडा अध्यक्ष कर्मचारी स्थानीय राजनितिक दल बाल क्लब किसोरी क्लबहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बाल बिवाह अत्यका लागि क्रियाशिल संस्था स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे किसोरी क्लब बाल क्लब समाजसेविहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बाल बिवाह मुक्त वडाको प्रमाणपत्र बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले बैजनाथ गाउँपालिका वडा न ४ का अध्यक्ष काली बहादुर सिंहलाई हस्तान्तर गरेकी थिइन। कार्यक्रमको अध्यक्षता  वडा अध्यक्ष कालि बहादुर सिंहले गरेका थिए।

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech