बाँके । नेकपा एमाले बाँकेमा सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।
१०देखी १२ मंसिरमा हुने १०औं महाधिवेशनका लागि एमाले बाँकेले प्रतिनिधि शनिबार टुंगो लगाएको हो ।
बाँकेका ३ निर्वाचन क्षेत्र बाट १९ जना सर्वसहमतिमा प्रतिनिधि छनोट गरिएको हो ।’भने एक जना पदेन प्रतिनिधि गरी कूल २० जना १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गरिएको हो ।
सर्वसहमतिमा छनोट गरिएको प्रतिनिधिहरु मध्य दुर्गा थारु,सुर्य ढकाल,देवराज भार, प्रेम भुषाल,पुजन विक, बसन्ति अधिकारी, भारति खनाल,नन्दलाल विश्वकर्मा, घननाथ खनाल, किस्मत कक्षपित, प्रेम पुर्ण योगि, पुर्ण केसि, हलिम शाह, रत्न खत्रि,निरक गुरुङ, भुमिसरा धिताल, विजय धिताल , राम ब चन्द ,अशोक कर्माचार्य रहेका छन । यसै गरी पदेन सदस्यमा हारुन हलुवाई लाइ छनोट गरिएको छ ।













