१२ श्रावण २०८१, शनिबार

बाँकेमा नेकपा एमालेको जनपरिचालन अभियान शुरु
  • न्युज मानसराेवर

बाँके \ नेकपा एमाले बाँकेले जनपरिचालन लाई तिब्रता दिइएको छ ।

१० औँ महाधिवेसको पूर्व तयारीका लागि जिल्लामा नेकपा एमाले बाँकेले जनपरिचालन कार्यक्रमलाई तिब्रता दिइएको छ।

नेकपा एमाले नेता तथा जनपरिचाल संयोजक घननाथ खनाल लगाएतको टालिले मंसिर १ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आम सभा लाई सफल बनाउन बाँकेका तिन (३) निर्वाचन क्षेत्रमा जनपरिचालन टोलि मार्फत आम नेता कार्यकर्ताहरु लाई जानकारी र कार्यक्रममा सफल बनाउने अभियानका लागिइएको नेता खनालले जानकारी गराएका छन ।

जनपरिचालन अन्तर्गत बाँकेका ८१ वटै वडाहरुमा आम सभाकार्यक्रम बारे जानकारी र आम सभामा सहभागिताका लागि समन्वयन गरिने छ ।

जनपरिचालन अन्तर्गत आज बाँकेका खजुरा गाउँपालिका जानकी गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्ता विच पार्टीको आगामी रणनितिक बारे  समेत छलफल  गरिएको बताइएको छ ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech