११ श्रावण २०८१, शुक्रबार

बाँकेमा काँग्रेसको ८० वडामा वडा अधिवेशन सम्पन्न एउटा वडामा सोमबार हुने
  • न्युज मानसराेवर

नेपाली कांग्रेस बाँकेको १४ औं महाधिवेशन अन्तर्गतको कार्यक्रम अनुसार ८० वटा वडामा वडा अधिवेशन शान्तिपूर्ण सम्पन्न भएको र एक वडामा भोली सोमबार मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

बाँके \क्रियाशिल सदस्यता बिबादका कारण पटक–पटक पछि सर्दै आएको वडा अधिवेशन पुन फर्जी सदस्यता थपिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएपछि एकदिन ढिलोगरी सुरु भएको थियो ।

निर्वाचन कार्यक्रम अनुसार शनिबार बाँकेका ८१ वटै वडामा सुरु भएको मध्ये ५२ वडामा शनिबार नै वडा कार्यसमिति निर्बिरोध निर्बाचित भएको थियो । आइतबार २८ वटा वडामा निर्वाचन सम्पन्न भएको र बैजनाथ गाउपालिकाको वडानं ८ मा लेबि विबादले निर्वाचन एकदिन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले जानकारी दिए । उनले रोकिएको वडामा सोमबार बिहनैदेखि मतदान हुने गरी तयारी गरिएको बताए ।

पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति स्व सुशील कोईरालाको गउह जिल्ला भएको कारणले पनि संस्थापन पक्षले नेतृत्व हत्याउनको लागि पटक पटक क्रियाशिल सदस्यताको विवाद झिकेर निर्धारित समय भन्दा वडा अधिवेशनका गतिविधिहरु पछ धकेलिदै आएका थिए ।

प्रमुख निर्वाचन अधिकृत भट्टराईका अनुसार बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडा मध्ये ८० वाटा वडाको आइतबार राती ९ बजेसम्म परिणाम आईसक्ने गरी काम भई रहेको छ । बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते पालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech