१२ श्रावण २०८१, शनिबार

पशुपति दयालसहित तीन हजार बढीलाई पार्टी प्रवेश गराउन बाँके आउँदै अध्यक्ष ओली
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा ३ हजार बढी विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रा,अब्दुल करिम खाँ र गिरिजा पाठकको नेतृत्वमा यहि मंसिर १ गते ३ हजार बढी मधेशी तथा मुस्लिम समुदायका नेता एमाले प्रवेश गर्न लागेको नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी गराएका छन। कक्षपतिका अनुसार पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम तय भएको छ ।

बाँकेका आठ वटै स्थानीयतह, प्रदेश र केन्द्रीय निर्वाचन क्षेत्र जित्ने लक्ष्यका साथ एमाले बांकेले योजना बनाएको बताउँदै उपाध्यक्ष कक्षपतिले पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा उपयुक्त जिमेवारी दिइने उल्लेख गरेका छन।

मधेशका समस्या समाधान गर्ने पार्टी एमाले नै भएकोले ६० प्रतिशत बढि २ नं क्षेत्रका कार्यकर्ता सहित जिल्ला भरीका विभिन पार्टीमा रहेका मधेशी मुस्लिम समुदायका नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको स्वतन्त्र समूहका नेता एवम जिल्ला विकास समिति बाँकेका पूर्व सभापति मिश्राले जानकारी गराए।

उनले एमालेलाई मजवुद पार्टी र सबै समुदायको पार्टी बनाउनेगरी आफू प्रवेश गर्न थालेको उल्लेख गरेका छन।

  • २९ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech