१२ श्रावण २०८१, शनिबार

बैजनाथमा नेकपा (एकिकृत समाजवादी) दल त्याग्दै नेता कार्यकर्ता
  • न्युज मानसराेवर

बैजनाथ \ नेकपा एमाले बाट विभिजित माधव नेपाल समुहको पार्टी नेकपा (एकिकृत समाजवादी) दलमा आवद्ध बैजनाथका नेता कार्यकर्ता मुल घर नेकपा एमालेमा फर्केका छन ।

बैजनाथ गाउँपालिका  राम्रो पकट जमाएका युवा नेताका रुपमा परिचित बैजनाथ गाउँपालिका वडा न ६ निवासी दिल बहादुर नेता विश्वकर्मा र भागिलाल लोहार एमालेमा नै रहेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका हुन ।

हस्ताक्षर गरिएको विज्ञप्तीमा पार्टीको अन्तर सर्घषका कारण छुटै समुहमा लागेको स्कार गर्दै पार्टीमा गरिएका लगानी र जनतालाई दिइएको बाचाहरु (एकिकृत समाजवादी) पार्टीमा लागेर पुरा गर्न नसकिने हुँदा आफुहरु आफ्नो गरौवशाली पार्टी एमालेमा  रहेको उल्लेख गरेका छन ।

अब पार्टीले दिने जिम्मेवारी समेत आफ्नो कौशल्ता र इमान्दारीता का साथ निर्वाह गर्ने प्रतिवद्धता समेत विज्ञप्तीमा उल्लेख गरेका छन।

यसरी आफ्नो घर नेकपा एमालेमा आउने नेता कार्यकताहरुको पालिका कमिटिले उचित व्यवस्थापन गर्ने बैजनाथ गाउँपालिका कमिटि सचिव प्रेम सुवेदीले जानकारी गराएका छन ।

  • ३ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech