१२ श्रावण २०८१, शनिबार

नेकपा एमाले बैजनाथ कमिटिले संचालनमा ल्यायो पार्टी कार्यालय
  • न्युज मानसराेवर

बैजनाथ \ नेकपा एमाले बैजनाथ गाउँ कमिटिले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । एमालेको पालिका स्तरीय कमिटिले आफ्नो कार्यालय बैजनाथ वडा न ५ स्थित न्यू सिटीमा संचालनमा ल्याएको हो ।

मासिक ६ हजार तिर्ने गरी हाल लाई कार्यालय संचालनमा ल्याएका छौँ ‘।नेकपा एमाले पालिका कमिटि सचिव प्रेम सुवेदीले जानकारी गराए । उनले २ सय जना अट्ने हल र एक कोठा पार्टीको कार्यालयका रुपमा हाल लाई संचालनमा ल्याइएको उनले भने ।

शनिबार आज एक कार्यक्रमको आयोजना गरी पालिका स्तरीय पार्टी कार्यालय उद्घाटन गरिएको हो ।

नेकपा एमालेका पूर्व सांसद एवम केन्द्रिय सदस्य देवराज भारको प्रमुख अथितिमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा नेता नन्द विक चन्द्र चौधरी जिल्ला कमिटी सचिव रत्न खत्री उपसचिव प्रमोद धिताल जिल्ला कमिटी सचिवालय सदस्य लगाएतको नेता कार्यकताहरु सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा नेता भारले जिल्ला नै एमालेको लाल किल्ला बनाउ सबै नेता कार्यकर्ताहरु क्रियाशिलता आवश्यक रहेको बताएका थिए । नेता भारले अब सबै चुनावमा केन्द्रित हुने गरी वडा टोल स्तर सम्म पार्टीका गतिविधिमा क्रियाशिल हुन पालिका कमिटिलाई निर्देशन समेत दिएका थिए ।

  • ४ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech