१२ श्रावण २०८१, शनिबार

डाक्टरले मृत घोषित गरेर फ्रीजमा राखेको व्यक्ति ७ घण्टापछि जिउँदै !
  • न्युज मानसराेवर

बाँके\डाक्टरले नै मृत घोषित गरेर फ्रीजमा राखेको व्यक्ति जिउँदै हुन्छ भनेर सायदै पत्यार लाग्दैन । तर भारतको उत्तरप्रदेशस्थित मुरादाबाद जिल्लामा मृत घोषणा गरेको व्यक्ति ७ घण्टापछि जिउँदै देखिएका छन् ।

बिहीवार सडक दुर्घटनामा परेर घाइते भएका श्रीकेश कुमारलाई अस्पताल लगिएको थियो । जिल्ला अस्पतालका डा. मनोजले मृत घोषणा गरेर श्रीकेशलाई फ्रीजमा राखिएको थियो ।

शुक्रवार बिहान ४ बजे फ्रीजमा राखिएको श्रीकेशको ‘शव’ पोस्टमार्टमका लागि मुचुल्का बनाउन ११ बजे हेर्दा श्वास लिइरहेको फेला परेको
थियो । पोस्टमार्टमको तयारी भइरहेका बेला व्यक्ति जीवितै देखिएपछि हल्लाखल्ला मच्चिएको थियो ।

श्रीकेशले श्वास लिइरहेको हल्ला फैलिएपछि डाक्टरको टीमले फेरि उनको उपचार शुरू गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एजेन्सी

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech