बैजनाथ \ बैजनाथ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले पालिका स्तरीय अधिवेशन उद्घाटन गरेको छ।पालिका अधिवेशनको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आज उद्घाटन गरेका हुन।
मन्त्री महेश्वरजंग गहतराज (अथक) ले संविधानको रक्षा गर्दै आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र लाई स्थानीय तहको निर्वाचनमा विजयी दिलाउन बैजनाथका आम जनतालाई अपिल गरेका थिए ।
अधिवेशनमा र्याली समेत गरिएको थियो । र्याली बैजनाथ ६ संगम चोक पूर्व सम्झना पश्चिम बाट विभिन्न झाकी निकालिएको थियो । बृह्त र्याली पश्चात बैजनाथ गाउँपालिका वडा न ५ स्थित प्रभात माविको खुल्ला चउरमा सभामा परिणत गरिएको थियो ।
नेकपा माओवादीका नेता देव वहादुर रावतले दिएको जानकारी अनुसार अधिवेशनको बन्द शत्र भोलि १० बजे गाउँपालिकाको नव निर्मित भवनको हलमा १० बजे बाट शुरु गरिने छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक सय ५० जना माओवादी केन्द्रमा प्रवेश गरेको समेत रावतले न्युज मानसरोवर लाई जानकारी गराएका छन। कार्यक्रममा निर्वाचन क्षेत्र न ३ का इन्चार्ज दिपेन्द्र शाह युगान्त ,नेता नरेन्द्र पाण्डे जेम्श लुम्बिनी प्रदेश सांसद नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेतृ मिरा कार्कीले गरेकी थिइन ।
बन्द शत्रमा पार्टीमा लामो समय योगदान गरेका र जनयुद्धका घाइते एक सय ३० जनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । यसै गरी र्यालीमा करिब पाँच हजार सहभागिता आम कार्यकता र शुभचिन्तकहरुको रहेको नेकपा माओवादी केन्द्र बैजनाथ कमिटिले दावि गरेको छ ।
विगत ४ वर्ष एता कै नेकपा माओवादीको यसरी र्याली निकालेको पहिलो पटक यो एक प्रकाशको शक्ति प्रर्दशनका रुपमा समेत चित्रण गरिएको छ ।