१२ श्रावण २०८१, शनिबार

एमाले महाधिवेशनको तेस्रो दिन : पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै ओली
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आइतवार अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दैछन् ।

बन्दसत्रको हलले शनिवार अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएको छ ।

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने र त्यसका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै यसअघिका संगठन विभाग प्रमुख एवं अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव गरेका थिए ।

त्यसमा उनले अध्यक्षलाई केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूको नाम प्रस्ताव गर्ने अधिकार दिन बन्दसत्रको हलमा प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावलाई हलले अनुमोदन गरेको थियो । उपाध्यक्ष भीम रावलले भने त्यसमा विरोध जनाएका छन् ।

केन्द्रीय सदस्य र ३ वटा केन्द्रीय आयोगहरू अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य बन्दसत्रको हलमा सिफारिस गर्न ओली आइतवार विहानदेखि नै गृहकार्यमा छन् ।

ओलीलाई नेताहरू शंकर पोखरेल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताले सघाइरहेका छन् ।

ओलीले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दा भीम रावलले आपत्ति जनाए उनको पक्षमा रहेका प्रतिनिधिलाई हलमा हात उठाउन लगाएर उनको जनमत देखाइदिने तयारीमा संस्थापन पक्ष रहेको ओलीनिकट स्रोत बताउँछ ।

एमालेले आइतवार नेतृत्व चयनको काम सक्ने र सोमवार बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गते चितवनको नारायणी नदी किनारमा भव्य रूपमा उद्घाटन भएको थियो ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech