१२ श्रावण २०८१, शनिबार

१० घण्टा ढिलो गरी शुरू हुँदै एमालेको बन्दसत्र, ओलीले पदाधिकारीको सूची प्रस्ताव गर्ने
  • न्युज मानसराेवर

बाँके \बिहान १० बजे शुरू हुने भनिएको नेकपा एमालेको दशौं अधिवेशनको बन्दसत्र १० घण्टा ढिलो गरी शुरू हुँदैछ । चितवनको सौराहामा आइतवार राति ८ बजेदेखि बन्दसत्र शुरू गर्ने तयारी छ ।

बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्ताव गर्ने तयारी गरेका छन् । अन्य पदाधिकारीमा सहमति भएपनि वरिष्ठ उपाध्यक्ष र महासचिवमा सहमति जुट्न सकेको छैन ।

शनिवारको बन्दसत्रले सहमतिको सूची ल्याउने अधिकार ओलीलाई दिएको थियो । नयाँ नेतृत्व चयन गर्दै एमालेको महाधिवेशन आजै समापन गर्ने तयारी छ ।

आज महाधिवेशन सकिएमा भोलि सौराहामा घोषणा सभामार्फत नयाँ नेतृत्वको शपथ गराउने तयारी छ ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech