चितवन \ नेकपा एमालेको महासचिवमा शंकर पोखरेलले बाजि मारेका छन् । जबजका व्याख्याताका रूपमा परिचित पोखरेललाई एमालेले सर्वसम्मत महासचिव निर्वाचित गरेको एमाले उच्च स्रोतले जनाएको छ । महासचिवका अर्का आकांक्षी बिष्णु पाैडेललाई उपाध्यक्षमा चयन गरिएको छ । केहीबेरमा पोखरेललाई बन्दसत्रमा महासचिव घोषणा गरिदैछ ।