१२ श्रावण २०८१, शनिबार

बैजनाथ ५मा जेष्ठ नागरिक सम्मान तथा उपहार प्रदान सम्पन्न
  • आके छिनाल

बाँके \ बैजनाथ गाउँपालिका वडा न ५ मा उपहार प्रदान कार्यक्रम गरिएको छ । स्थानीय साथी महिला समुहले आफ्ना समुहका सदस्यहरुलाई बाख्रा उपहार प्रदान गरेको हो । समुहले स्थानीय ९ जना बृद्ध बुद्धाहरुलाई सम्मान तथा न्यानो कम्मल उपहार गरेको छ ।
साथी महिला समूहकी अध्यक्ष डिलसरा बस्नेतको अध्यक्षता सामूहिक उपहार तथा सम्मान कार्यक्रम गरिएको हो ।

साथी महिला समूह बैजानथ गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्र्तगत बैजानाथ–०५मा उपहार समूहका रुपमा गठन गरिएको समूह हो ।

उपहार प्रदान कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले स्थानीय महिलाहरुको आर्थिक रुपान्तरण र समाजिक रुपान्तरणका लागि आवश्यक पर्ने ज्ञान सिपका साथै श्रोतको जोह मार्फत संचालन गरिएको परियोजनाको उपलब्धिहरु मध्यको एक उपलब्धि उपहार प्रदान र समाजमा सद्भाव उच्च बृद्धि हो, यो कार्यक्रमको सफल्ता हो उनले भनिन ।

विकले महिलाहरुका लागि स्वास्थ्य सेवा प्रभावकार बनाइएको र सम्मान स्वरुप सुत्केरी आमालाई प्रोत्साहनका कार्यक्रमहरु गाउँपालिकाले संचालन गरेको बताइन । उनले संघियताको प्रभावकारी गराउनु नै यि ५ बर्षका मुख्य उपलब्धीहरु रहेको कार्यक्रममा बताइन । उनले प्रत्यक वडाहरुमा स्वास्थ्य सेवा शिक्षा र आर्थिक रुपान्तरण महिला शशक्तिकरणका भौतिक निमार्णका योजनाहरु कार्यान्वयन गरिएको जानकारी गराइन ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले देशमा २००७ साल बाट आन्दोलन र परिवर्तनका लागि देशका मुख्य राजनितिक दलको क्रियाशिलता सम्पन्न भएको र अब श्रमिक र आर्थिक विपन्न अत्यका लागि मुख्य का्रन्ति स्थानीय सरकारले गरिरहेको बताए । उनले कार्यक्रम संचालन गर्दा पार्टी बाट र बाह्रि बाट दबाव सृजना गरिएको बताउदै त्यस्ता विरोधका स्वरहरु आज भोलि कतै सुनिन्न किन ? यसको मुख्य कारण हो यहाँहरुको जीवनमा आएको परिवर्तन र यहाँहरुले समाजमा खेलेको जिम्मेवारी उत्तरदाहित्व नै हो ।

हामी हाम्रो गाउँपालिकालाई समृद्ध र खुसी गाउँपालिका बनाउन चाहन्छौँ त्यसका लागि यहाँहरु अब उत्पादनमा लाग्न आवश्यक रहेको बताए । उनले यहाँहरुले उत्पादन गरेका वस्तुको बजारीकरण गर्नाका लागि स्थानीय सरकारले सवारीको समेत व्यवस्था गरेको बताए ।
यसै गरी कार्यक्रममा हेफर इन्टरनेश्नल नेपालका अधिकृत महेश कुमार आचार्यले स्थानीय सरकारको चाहना अनुरुप हेफर मोडेलमा बैजनाथमा कामहरु संचालन गरिएको बताए ।

उनले अब यहाँहरुले हेफरका आधारभूत सिद्धान्तहरु लाई आफ्नो जीवन रुपान्तरणका लागि उपयोग गर्न आवश्यक देखिएको बताए । उनले यसै गरी कार्यक्रममा उत्पीडित सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक रबि रोकाया स्थानीय समाजसेवि चन्द्र बहादुर खड्काले कार्यक्रम बारे आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा साथी महिला समूहले अहिले सम्म गरेको प्रगती प्रतिवेदन समूहकी कोषाध्यक्ष टिका थारुले प्रस्तुत गरेकी थिइन । कार्यक्रममा समूहका सदस्यहरुले नृत्य प्रस्तुत गरेका थिए ।साना किसान उद्यमी सुदृढिकरण परियोजना प्रथम चरण बैजनाथ गा.पा वडा नं १ देखि ५ सम्मका २००० घर धुरीलाई समेटेर संचालन भएको थियो ।

हाल दोस्रो चरणका कार्यक्रम बैजनाथ गा.पाका सम्पूर्ण वडा हरुमा संचालनमा रहेको छ । परियोजना अन्तर्गत प्रत्यक्ष ३ हजार ६ सय ५० घर परिवार लाभान्वित हुने उत्पीडित सामुदायिक विकास केन्द्रले जनाएको छ । उपहार प्रदान कार्यक्रम समूहकी सदस्य मिना पुरीले संचालन गरेकी थिइन ।

 

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech