१२ श्रावण २०८१, शनिबार

नेकपा (मओवादी केन्द्र) नगरको कमिटिको प्रथम बैठक शुरु
  • न्युज मानसराेवर

कोहलपुर \ नेकपा ( माओवादी केन्द्र) कोहलपुर नगर समितिको प्रथम बैठक शुरु गरिएको छ । माओवादी केन्द्रले हालै कोहलपुर नगरपालिका स्तरमा वडा र नगर अधिवेशन सम्पन्न गरेको हो । पछिल्लो समय नगरमा माओवादी केन्द्रले संगठन सुधार गरिरहेको छ । केन्द्रले हाल नगरका प्रत्यक वडा स्तरका टोल कमिटि समेत निमार्ण गर्दै आइरहेको छ ।

नगरको प्रथम बैठकले आगामी रणनितिक बारे छलफल र संगठन निमार्ण विषयमा थप योजनाहरु तय गरिने बुझिएको छ । बैठक बारे माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन।  नेकपा मओवादी केन्द्रको प्रथम बैठक सहिद स्मृति हलमा संचालन भइरहेको छ ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech