११ श्रावण २०८१, शुक्रबार

राप्रपा महाधिवेशनमा २ सय ६६ काे उम्मेदवारी
  • न्युज मानसराेवर

काठमाडौ /राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री गरी ८ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा १ महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । ४ उपाध्यक्ष, ३ महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ ।

उम्मेदवारी दर्ताबाट करीब ५० लाख रुपैयाँ संकलन भएको जनाइएको छ । करीब २ वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

देशभरबाट ४ हजार ७०० प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन् ।

शनिवार बिहान ८–५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था छ ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech