१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा मतान्तर फराकिलो बनाउँदै कांग्रेस संस्थापनइतरका पुन
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका उम्मेदवार अमरसिंह पुनले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

४७८ मत गणना हुँदा पुन ११७ मतले अगाडि छन् । पुनको २९५ र भरत कुमार शाहको १७८ प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

पुनले शुरूदेखि नै अग्रतालाई कायम राखेको निर्वाचन समितिका जीवनारायण अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

पुन संस्थापन इतरका उम्मेदवार हुन् भने शाह सभापति शेरबहादुर देउवापक्षीय । लुम्बिनीमा १ हजार ६३१ मत खसेको छ ।  रूपन्देहीको भैरहवामा मतगणना जारी छ ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech